प्रदेश सभा
प्रदेश प्रमुखको पत्र पढेर प्रदेश नम्बर–१ को बैठक स्थगित
- गाउँ सहर संवाददाता
- ७ माघ बुधबार, २०७७ | १४:५२:०० मा प्रकाशित
बिराटनगर । प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक प्रदेश प्रमुखको पत्र पढेर स्थगित भएको छ ।
राष्ट्रिय गान बजाइएर शुरू भएकाे हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ ।
बैठकको सुरुवातमै प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुख सोमनाथ प्यासीको पत्र पढेर सुनाएका थिए ।
सभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।
नेकपाको विभाजन, मुख्यमन्त्री शेरधन राईमाथिको अविश्वास प्रस्ताव, मुख्यमन्त्री राईले दलको नेताको रुपमा सांसदलाई गरेको कारबाहीको कारण प्रदेश सभामा असहज वातावरण उत्पन्न हुने आकलन गरिएको थियो।
नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले ६ महिनाभित्र सदन सुरु गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार आज बैठक सुरु गरिएकाे हाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस