विश्व

चिनियाँ अर्बपति ज्याक मा ३ महिनापछि सार्वजनिक कार्यक्रममा देखिए

एजेन्सी । चिनियाँ अर्बपति ज्याक मा ३ महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । करिब ३ महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएका चिनियाँ अर्बपति ज्याक मा बुधवार पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।  चीन सरकारको प्रत्यक्ष नियन्त्रणमा रहने मिडिया ग्लोबल टाइम्सले सार्वजनिक गरेको भिडियोमा ज्याक मा १०० जना ग्रामिण शिक्षकसँग भर्चुअल रुपमा भेटेको देखिन्छ ।

चिनियाँ नीतिको आलोचना गरेपछि ज्याक मा ३ महिनादेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । ज्याक माले अक्टोबरमा संघाईमा एक भाषणमा चीनको वित्तीय नियामक र सरकारी बैंकहरुको आलोचना गरेका थिए । यसको अर्थ उनले चीनका राष्ट्रपति सि जिनपिंगको नीतिको आलोचना गरेको बुझिएको थियो ।

ज्याक माको कम्पनीले ल्याउन लागेको ३७ अर्ब अमेरिकी डलरको आइपीओ नै चीन सरकारले रोकिदिएको थियो । उनीमाथि अहिले चीनको सरकारी निकायले अनुसन्धान गरिरहेको एजेन्सीले जनाएको छ । 

३ महिनापछि सार्वजनिक भएको भिडियोमा व्यवसायमा लाग्नु अगाडि शिक्षक भएको कुरा सेयर गरेको देखिन्छ ।

भारतीय संचारमाध्यमले ज्याक मा ३ महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएको विषयलाई निकै जोडका साथ उठाएका थिए । कतिपयले चीन सरकारले उनलाई जेलमा नै हालेको भन्ने सम्मको समाचार दिएका थिए ।

गाउँ सहर डेस्क

तपाईँको मत