शिक्षा

काठमाडाैं विश्वविद्यालयकाे उपकुलपतिमा भोला थापा नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका थापालाई प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका हुन् ।

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्राडा. भोला थापा र प्राडा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । दुई जनलाई पछि पार्दै थापा उपकुलपतिमा नियुक्त भएका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत