अर्थतन्त्र

पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले लमजुङ जिल्लामा निर्माण गर्न लागेको ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ का लागि आवश्यक लगानी आवश्यक स्वपुँजी जुटाउन आईपिओ जारी गर्न लागेको हो। 

कम्पनीले १०० अंकित दरका कुल ८२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्ने जनाएको छ। आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले बताएको  छ ।

यसैगरी कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । यो सम्बन्धी सम्झौतापत्रमा मंगलबार सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र पिपुल्स हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले हस्ताक्ष गरेका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत