अर्थतन्त्र

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपिओमा आवेदकको ओइरो, सबैको भागमा ५० कित्ता

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपिओमा आवेदकको ओइरो लागेको छ । गत शुक्रबारबाट बिक्रि खुल्ला गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपिओले नेपालमा नयाँ रेकर्ड कायम गरेको छ । उत्त कम्पनीको आइपिओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको हो । 

चन्द्रागिरी हिल्सको नाममा एक साता अघि मात्र बनेको उच्च उक्त रेकर्ड हिजो मंगलबारबाट निफ्राको नाममा भएको छ । पुस २८ गतेसम्म आवेदनको अन्तिम मिती रहेको चन्द्रागिरी हिल्सको आइपिओमा १२ लाख ५१ ह्जार ९३८ जनाको आवेदन परेको थियो ।

यो एक सातामा आइपिओ आवेदकको संख्या करिब ३ लाखले बढेको हो । निफ्राको आइपिओमा हिजो आवेदनको अन्तिम दिन सम्ममा १५ लाख ५० हजार ९३ जनाको आवेदन परेको छ ।

माग कित्तालाई आवेदकको संख्याको भाग गरेर हेर्दा आवेदन दिने सबैको भागमा ४८ कित्ता सेयर पर्न जान्छ तर कतिपय आवेदकले ५० कित्ता भन्दा पनि कम संख्यामा आवेदन दिएको र कतिपय आवेदकको आवेदन पनि अस्विकृत हुन सक्ने भएकाले ५० कित्ता भन्दा बढि आवेदन दिने सबैको भागमा ५० कित्ता सेयर भाग पर्ने जनाएको छ ।

सर्वसाधारणका लागि जम्मा ७ करोड ५८ लाख चालिस हजार कित्ता सेयरका लागी आवेदन माग गरिएकोमा अन्तिम दिन सम्ममा १८ करोड २८ लाख ३८ हजार ६८० कित्ता सेयरको आवेदन परेको आइपिओ बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत