गाउँ सहर

नक्कली पिसिआर रिपोर्ट बनाई विदेश जान खोज्ने पक्राउ

काठमाडौं । नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान खोज्ने एक जना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी–५ घर भएका सुदीप चौधरीलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्टसहित मंगलबार साँझ प्रहरीले पक्राउ गेरको छ । 

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पिसिआर रिपोर्ट नक्कली भएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत