गाउँ सहर

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चमा आज पनि बहस सुरू, बहसका लागि एक जनालाई ३० मिनेट

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज पनि बहस सुरू भएको छ ।

संवैधानिक इजलासमा आइतबारदेखि सुनुवाइ जारी छ । अहिले अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बहस गरिरहेका छन् ।

अहिले बहस गरिरहेका अधिवक्ता डा.ज्ञवालीलाई ३० मिनेटको समय दिइएको छ ।

यसअघि, वकालतनामा भरेका कानुन व्यवसायीको संख्या धेरै भएको भन्दै न्यायाधीश अनिल सिन्हाले समय व्यवस्थापन गरेर बहस गर्न सुझाव दिएका थिए । आज भने समय नै तोकिएको छ ।

यसअघि, भीमार्जुन आचार्य, सुनीलकुमार पोख्रेल, डा. रूद्र शर्माले घण्टौँ बहस गरेका थिए । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर रिटमा निवेदकका पक्षबाट साढे ३०० बढी कानुन व्यवसायीले बहसका लागि नाम टिपाएका छन् ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत