क्रिकेट : सुदूरपश्चिम र प्रदेश १ ब्याटिङमा
- गाउँ सहर डेस्क
- ७ माघ बुधबार, २०७७ | १२:२५:०० मा प्रकाशित
काठमाडौँ । चौंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल भइररहेका छन् । त्रिभुवन आर्मी क्लब र प्रदेश नंम्बर १ तथा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच अहिले खेल भइरहेको छ । सुदूरपश्चिम प्रदेश र प्रदेश नंम्बर १ ले ब्याटिङ गरिरहेका छन् ।
मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा टस जितेर प्रदेश १ ब्याटिङमा उत्रेको हो । प्रदेश १ ले २६ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ८६ रन बनाएको छ । उपाधिको दाबेदार मानिएको आर्मी लगातार तेस्रो जितको खोजीमा हुनेछ । यसअघि उसले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराइसकेको छ ।
आर्मी चार अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ ।
यसैगरी अर्को खेल कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा पुलिस क्लब र सुदूरपश्चिमबीच भइरहेको छ । टस हारेपछि अहिले सुदूरपश्चिम ब्याटिङ गरिरहेको छ । सुदूरपश्चिमले २९ ओभरको खेल सकिँदा सात विकेट गुमाएर १०४ रन बनाएको छ । दुबै टोली पहिलो जितको खोजीमा रहेका छन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस