अर्थतन्त्र

मालपोत कार्यालयका नासु ४० हजार घुससहित पक्राउ

काठमाडौँ । मालपोत कार्यालयका नासु ४० हजार घुससहित पक्राउ परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ ४० हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

लेखापढी व्यवसाय समेतको काम गर्ने रमेशलाल श्रेष्ठले सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउन अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटी गएको टोलीले मन्दिपकुमार श्रेष्ठ र रमेशलाल श्रेष्ठले सेवाग्राहीबाट ४० हजार घुस रकम लिइसकेको अवस्थामा मंगलबार लगनखेल बस पार्कबाट दुवैलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

दुवैजना अहिले अख्तियारको नियन्त्रणमा रहेका छन् । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले बताएको  छ ।

गाउँ सहर डेस्क

तपाईँको मत