दोरम्बा गाउँपालिकामा बिउ आलु श्रोत केन्द्र स्थापना हुने, स्थलगत घुम्ती तालिम शुरू
- गाउँ सहर संवाददाता
- ७ माघ बुधबार, २०७७ | ०९:१२:०० मा प्रकाशित
रामेछाप । दाेरम्बा गाउँपालिकामा बिउ आलु श्रोत केन्द्र स्थापना हुने भएकाे छ ।
शैलुङ्ग क्षेत्रमा उत्पादन हुने आलुकाे उत्पादन बृद्धि र थप सुधारयुक्त तवरले प्रवर्धन गर्न बिउ आलु श्रोत केन्द्र स्थापना गर्न लागिएकाे हाे ।
यस क्षेत्रमा वृहत आलुखेती प्रवर्धन गर्न दोरम्बा गाउँपालिका, कृषि ज्ञान केन्द्र रामेछाप, आलुबाली निगाले तथा खुमलटार, निर्देशानालय समेतलाई समन्वय एवं सहकार्य गर्दै अगाडी बढेको छ ।
शैलुङ्ग क्षेत्रमा करिब ४० हजार हेक्टर क्षेत्रफलमा आलु उत्पादन हुन्छ । २०३२ सालमा स्वीस सरकारले व्यवस्था गरेको रोजिटा जातको आलुले हाल ४५ वर्षसम्म निरन्तर खेती भइरहेको छ ।
४५ वर्ष पुरानो बिउको कारण शैलुङ्ग क्षेत्रको आलुमा उत्पादनमा कमी आएपछि थप नयाँ योजनामुखी तवरले थप प्रवर्धन गर्ने योजना अनुसार बिउ आलु श्रोत केन्द्र स्थापना गरी स्थानीय स्तरमा नयाँ वैज्ञानिक बिउ परिचालन गर्ने उद्देश्य अनुरूप बिउ आलु श्रोत केन्द्र स्थापना गर्न लागेको हो ।
यो Tissue प्रविधी पि.वि.एस विधिबाट स्वस्थ्य नयाँ पुस्ताको बिउ उत्पादन गर्ने लक्ष्य राखिएको हो । नेपालमा आलु खेती प्रवर्धनको लागी राष्ट्रिय आलुबाली खुमलटार र आलु बाली विकास केन्द्र निगाले सिन्धुपाल्योक दुई स्थानमा मात्र नयाँ प्रविधिबाट आलुको बिउ उत्पादन गरिन्छ । उत्पादन गरेका बिउहरू प्रमाणिकरण पश्चात रोपनको लागी शिफारिस गरिनेछ । नेपालमा नयाँ बिउ आपूर्ति न्युन छ ।
शैलुङ्ग क्षेत्रको दोरम्बा गाउँपालिकामा स्थापना हुने बिउ आलु श्रोतम केन्द्र राज्यको थप नयाँ मेरुदण्डको रूपमा स्थापित हुने देखिएको छ । आलुको बिउ जति उचाइमा उत्पादन भयो त्यति मात्रामा बिउको आयु राम्रो मात्रामा खपत हुने देखिएको छ । त्यसैले २५ सय मिटरको उचाईमा यो बिउ आलु श्रोतकेन्द्र स्थापना हुने भएको छ ।
शैलुङ्ग क्षेत्रको कृषि पर्यटनलाई मध्यनजर गरि यस क्षेत्रको आलु, किवी, चौंरी, जडीबुटी अन्य स्थानीय श्रोतको समेत प्रवर्धन एवं परिचालन गर्ने उद्देश्य अनुरुप यो योजना तय भएको हो । यो कार्यक्रम सम्पन्न गर्न पर्यटकीय अभियान्ता दावा सङबु शेर्पा लगायत अगुवा कृषकहरु क्रियाशील छन् ।
यस कार्यक्रमलाई दिगो रूपमा परिचालन गर्न आलु बाली विकास केन्द्र निगाले मार्फत स्थलगत अध्ययनसहित आलु बाली घुम्ती तालीम समेत सम्पन भइ सकेको छ । आलुबाली विकास केन्द्र प्रमुख विजय कुमार गिरीको अध्यक्षतामा साथै माटो विज्ञ राजन परियार कृषि विज्ञ भागवत महत, हिमाल भुषालको आतिथितामा कायक्रम सम्पन्न भएको छ ।
यस क्षेत्रमा कृषि विकास निर्देशनालय हेटौडाका कृषि विज्ञ अरुण खनाल, कृषि विकास निर्देशनालय मशाला बाली प्रमुख युवराज पाण्डे, विष्णु वोगटी, कृषि ज्ञानकेन्द्र रामेछापका प्रमुख निर्मला गुरुङ, प्रमोद दाहल, ऋषि राज सुवेदी, विवेक महत लगायतको टोलीले स्थलगत अध्ययन अवलोकन समेत गरिसकेका छन्
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस