स्वास्थ्य

विश्वभर काेराेना भाइरस सक्रिय संक्रमित २ कराेड ५२ लाखमध्ये १ लाख ११ हजार जनाको अवस्था अझै गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५२ लाख ८५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड ९२ लाख ६९ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९ करोड ६६ लाख २१ हजार नाघेको छ भने मृतकको संख्या २० लाख ६५ हजार ६२४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ११ हजार ८५४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ४८ लाख ६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ११ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ४७ लाख ८६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९६ लाख ८ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ५ लाख ९६ हजार ४४२ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५२ हजार ७५४ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड २ लाख ४५ हजार ९२ जना निको भएका छन् । सक्रिय केस १ लाख ९८ हजार ५९६ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ८५ लाख ७५ हजार जना संक्रमितमध्ये ७५ लाख १८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ११ हजारभन्दा बढी छन् । हाल ८ लाख ४५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ६७ हजार ९९२ जना पुगेका छन् भने २ लाख ६२ हजार २५९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ९६९ पुगेको छ भने ३ हजार ७६४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत