जीवनशैली

एक्सरसाइज होइन बच्चाको मोटोपना बढाउने ठूलो कारण खानपान नै हो, कसरी नियन्त्रण गर्ने ?

धेरै अभिभावक यो मान्दछन् कि, बच्चालाई एक्सरसाइज गराएर उनीहरुको बढ्दो तौल नियन्त्रण गर्न सकिन्छ । 

तर नयाँ अनुसन्धान भन्छ, बच्चाको मोटोपनाको लागि खानपानमा परिवर्तन सबैभन्दा बढी जरुरी छ ।

यो दावी अमेरिकाको बेलर यूनिर्भसिटीले आफ्नो अनुसन्धानमा गरेको छ ।

अनुसन्धान भन्छ- मोटोपनाको सबैभन्दा ठूलो कारण खानपान हो । घरको खानाको अलवा बजारको खानामा प्राप्त हुने क्यालोरीले बच्चाको वृद्धि गर्दैन । नतिजा - बच्चाको वजन बढाउँछ ।

विश्वका बच्चाहरुमा मोटोपना बढिरहेको छ । यो एउटा गम्भीर समस्या बनिरहेको छ । नेपालमा पनि यो जल्दोबल्दो समस्याको रुपमा देखापरेको छ ।

न्यूट्रिशन जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार, मोटोपना हेर्नको लागि ४३ शहरी र ३४ शहर बाहिरका स्कूलका बच्चा अनुसन्धानमा सहभागी गरिएको थियो । बच्चाहरु कसरी खाना लिइरहेका छन र कुन-कुन चिजमा आफ्नो शक्ति लगाइरहेका छन् । यहि बुझ्ने कोसिस गरिएको थियो ।

नतिजा भन्छ- ग्रामीण बच्चाको तुलनामा शहरका बच्चामा औषत ६५ प्रतिशत धेरै मोटोपना पाइयो । अनुसन्धानमा एक तिहाई बच्चा ओभरवेट घोषित गरिएका थिए । यी ग्रामीण बच्चाको तुलनामा धेरै खाने तर भौतिक सक्रियता एक जस्तै थियो ।

बच्चाको मोटोपना कतिबेला बढ्छ, कसरी नियन्त्रण गर्ने, चार बुँदामा हेर्नुहोस्

  1. मोटोपनाको दुई कारणः पारिवारिक इतिहास र खानपान ।
  2. मोटोपना कति छ, तीन तरिकाबाट चिनिन्छः पानीको जाँच, मास इन्डेक्स र कमरको अनुपात ।
  3. मोटोपना नियन्त्रण गर्न क्यालोरी विचार गर्नुपर्दछ । क्यालोरी बढी भए र एक्सरसाइज नभए सन्तुलन विग्रन्छ र मोटोपना बढ्छ ।
  4. बच्चालाई खानामा थाेरै अन्न, मूंग दाल, चना या फल राम्रो हुन्छ । धेरै फ्याटी दूध, बटर, पनिर फास्ट फूड, समोसा, पिज्जा, बर्गरबाट जति टाढा राख्यो उति राम्रो हुन्छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत