वातावरण

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली : बुधबार यस्ताे छ माैसम

काठमाडाैँ । जल तथा माैसम विभाग माैसम पूर्वानुमान महाशाखाले बुधबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने बताएकाे छ ।

उसका अनुसार, दिउसाे साे अवस्था भएपनि राति देशका विभिन्न भू-भागहरुमा आंशिक बदली रहि केहि स्थानमा वर्षासमेत हुनेछ ।

महाशाखाका अनुसार बुधबार दिउसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले भनेकाे छ- देशको उच्च हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहेको र देशका विभिन्न भू-भागहरुमा आकाशमा बादल लागे संगै राम्रोसंग घाम नालाग्दा दिउसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत