अर्थतन्त्र

लगातार बढिरहेकाे शेयरबजारमा 'ब्रेक'

काठमाडाैं । लगातार बढिरहेकाे शेयरबजारमा मंगलबार 'ब्रेक' लागेकाे छ । आज नेप्से सूचक ५.५७ अंकले घटेर २३२६.९० विन्दुमा झरेको छ ।

मंगलबार २०६ वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १४१ कित्ता शेयर ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन नेपाल लाइफ इन्स्योरेन्सको ९१ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

मंगलबार प्रोग्रेसिभ फाइनान्स, गोर्खाज फाइनान्स र नेपाल फाइनान्स सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.७४ प्रतिशतले घटेको छ ।

यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये ११५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५५ वटाको घटेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत