अर्थतन्त्र

आईपीओको प्रस्ताव सहित सिटिजन लाइफ इन्स्योरेन्सले फागुन २ गते बोलायो साधारणसभा

 काठमाडौँ । आईपीओ निष्कासनको प्रस्ताव सहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुस २९ गतेको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्कवेट, नक्साल काठमाडौँमा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो । 

आईपीओ प्रस्ताव सहित सभाले आर्थिक वर्ष २०७५—७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७५—७६ को वासलात नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

 सभाले आर्थिक वर्ष २०७६/७७ को लागि कम्पनीको लेखापरीक्षकमा अहिलेकै लेखापरीक्षक देवकी बिजय एण्ड क, चार्टर्ड एकाउन्टन्ट्स् पुनः नियुक्ति गर्ने प्रस्ताप  पारित गर्नेछ ।

यस कम्पनीले रू. ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको छ । रेटिङ सम्पन्न गरिसकेको कम्पनीले वार्षिक साधारण सभा मार्फत अन्तिम रुप दिन लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ७५ करोड रहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत