गाउँ सहर

सुजुकी सेडान सिरिज नेपाली बजारमा : ३४ लाख २९ हजार पर्ने

काठमाडौँ । सुजुकी मरुतीको नयाँ गाडी नेपाली बजारमा सार्वजनिक भएको छ । सुजुकीको सेडान सिरिजमा मोडल डिजायरका नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक भएको हो । 

मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले डिजायरका नयाँ मोडल  बुकिङ खुला गरेको छ ।   

नयाँ डिजायर भीएक्स आइको मूल्य  ३४ लाख २९ हजार र डीजायर जेडएक्सआइ ३७ लाख ७९ हजार रुपैयाँ तोकिएको छ । २०२१ डिजायरमा नयाँ बम्पर र ग्रील डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको छ । 

सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएका थियौं । बेस्ट इन क्लास फीचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीको भनाइ छ । 

प्रयोगकर्ताले नयाँ मोडल अझ मन पराउने उनले बताएका छन् । ‘२०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फीचर राखिएको उनले दाबी गरे ।

कम्पनीका अनुसार २०२१ डिजायरमा आइएसएस फङ्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भीभीटी बीएस इन्जिन छ। उच्च कम्प्रेसन रेसियो, कुल्ड इजिआर सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेको भन्दा परिस्कृत छ। यसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ ।

म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६८ किलोमिटर प्रतिलिटर रहेको कम्पनीको दावी छ। यो इन्जिनले ६००० आरपीएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्छ। फ्रन्ट फेसियालाई परिष्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको छ। तल्लो बम्परमा प्रयोग भएको प्रिमियम सिंगल एपेर्चल फ्रन्ट ग्रिल र बोल्ड क्रोम एक्सेन्टले नयाँ डियाजरको रोड प्रेजेन्सलाई दमदार बनाइदिएको कम्पनीले दाबी गरेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत