कला

अभिनेत्री श्रीदेवीकी छोरी खुशी कपुर पर्दामा देखिँदै

एजेन्सी । अभिनेत्री श्रीदेवीकी छोरी खुशी कपुर पर्दामा देखिने भएकी छन् । दिवंगत अभिनेत्री श्रीदेवी र बलिउड निर्माता बोनी कपूरकी छोरी खुशी कपूर फिल्म क्षेत्रमा प्रवेश गर्ने भएकी छन् । खुशीले आफ्नी आमा श्रीदेवी र दिदी जान्हवी कपुरको पाइला पछ्याउँदै बलिउडमा आफ्नो भाग्य जाँच्न लागेकी हुन् । उनका बुवा, बोनी कपूरले बम्बई टाइम्ससँग भएको कुराकानीमा खुशीको करिअरबारे बताएका छन् । 

निर्माता बोनीका अनुसार खुशी फिल्म क्षेत्रमा प्रवेश गर्ने तयारीमा छिन् र छिट्टै उनको डेब्यू फिल्मबारे घोषणा हुनेछ । यसो भन्दै गर्दा खुशीले आफ्नै दममा यो क्षेत्र प्रवेश गर्न लागेको कुरामा पनि बोनीले जोड दिएका छन् ।

‘मसँग स्रोतहरू छन्। तर, खुशीलाई अरू निर्माताले नै फिल्मको प्रस्ताव गरेको हेर्न चाहन्छु। उनको बुवा भएको नाताले मैले नै उनलाई फिल्म दिनुपर्छ भन्ने मान्दिनँ ,’ बम्बई टाइम्सलाई बोनीले भनेका छन्, ‘निर्माता बुवा भएकै नाताले उनलाई डेब्यू गर्न चाहन्न।  एउटा कुशल कलाकारका लागि यो राम्रो नभएको उनी बताउँछन् ।’

बोनीले खुशीलाई अरू निर्माताले नै फिल्म प्रस्ताव गरिसकेको संकेत दिएका छन् । ‘खुशी आफ्नो खुट्टामा आफैं उभिन सकून भन्ने लाग्छ। मैले आदर गर्ने र भरपर्दो व्यक्तिको ब्यानरबाट खुशीले डेब्यू गर्नेछिन् । उनले बताएका छन् ।

खुशीले अमेरिकास्थित ‘न्यूयोर्क फिल्म एकेडेमी’बाट अभिनय कोर्स सकेकी छन् । केही समयअघि निर्देशक करण जोहरसँगको कुराकानीमा उनले फिल्म खेल्ने इच्छा सुनाएकी थिइन्। तर फिल्म क्षेत्रका कोसँग सहकार्य गर्ने भन्ने जिम्मा उनले बुवा बोनी कपुरलाइ नै दिएकी छन् ।  

गाउँ सहर डेस्क

तपाईँको मत