स्वास्थ्य

चीन र डब्लूएचओको कारण लाखौँको जीवन गयो, जाँच समूहले भन्यो- नियन्त्रण हुन सक्थ्यो कोरोना, तर.....

काठमाडाैँ । चीनबाट सुरु भएको कोरोनाभाइरसले संसार ध्वस्त बनायो । यहि विषयलाई लिएर एक थप खुलासा भएको छ जसमा चीन र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को निष्क्रियताले लाखौँको ज्यान समाप्त भएको उल्लेख छ ।

एक स्वतन्त्र पेनल (इन्डिपेन्डेन्ट पेनल फर पेन्डेमिक प्रिपेयर्डनेस एण्ड रेस्पोन्स) ले आफ्नो रिपोर्टमा भनेको छ- यदि चीनले चाहेको भए कोरोनाभाइरसलाई महामारी बन्नबाट रोक्न सक्थ्यो । तर उसले सो समय नियन्त्रण गरेन । यतिमात्र होइन, यसको लागि डब्लूएचओलाई पनि उसले जिम्मेवार ठहर गरेको छ ।

वैश्विक महामारी निरीक्षण गर्ने यो स्वतन्त्र समूहले निष्कर्श निकालेको छ- जब चीनमा कोरोनाको पहिलो केश आएको थियो, तब डब्लूएचओ र बेइजिंगले द्रूत गतिमा काम गर्न सक्थ्यो । तर उनीहरुले यसो गरेनन् र यी दुइको लापरवाहीको कारण आज विश्वमा कोरोना फैलियो ।

महामारी सम्बन्धी तयार र प्रतिक्रियाको लागि स्वतन्त्र पेनलले आफ्नो दोस्रो रिपोर्टमा भनेको छ- महामारी प्रकोपको प्रारम्भिक चरणको क्रोनोलोजीको मुल्यांकनले यो इशारा गर्दछ कि शुरुवाती संकेतपछि अन्यन्तै बढी काम गर्नुपर्ने आवश्यकता थियो । स्मरण रहोस् कि २०१९ को अन्त्यमा चीनको वुहान शहरमा कोरोनाको पहिलो केश आएको थियो । चीनले त्योबेला यो खतरनाक भाइरसलाई आफ्नो सीमामै सीमित राखेको भए न वैश्विक महामारी हुन्थ्यो न २० लाख बढिको मृत्यु र अर्थतन्त्र ध्वस्त हुन्थ्यो ।

आफ्नो रिपोर्टमा पेनलले यो बताएको छ- यो स्पष्ट देखिन्छ कि सार्वजनिक स्वास्थ्य उपायलाई जनवरी महिनामा नै चीनमा स्थानीय र राष्ट्रिय स्वास्थ्य अधिकारीद्वारा बलपूर्वक लागू गर्न सकिन्थ्यो । यो पेनलले विश्व स्वास्थ्य संगठनको पनि आलोचना गरेको छ । उसले भनेको छ- संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सीले २२ जनवरी, २०२० सम्म आफ्नो आपतकालीन समितिलाई पनि यो महामारी संकटको सूचना दिएन र न बैठक नै बोलायो । समितिले नोवेल कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य आपतकालीनको रुपमा पनि समयभन्दा पहिले नै घोषित गर्नमा असफल रह्यो ।

रिपोर्टमा भनिएको छ- अहिलेसम्म स्पष्ट छैन कि समिति जनवरीको तेस्रो हप्तासम्म किन सार्वजनिक भएन । जसले यो स्पष्ट हुन्छ कि यो राष्ट्रिय आपतकालको घोषणामा सहमति किन हुन पाएन ? जहिलेबाट कोरोनाको संकट पूरै संसारमा फैलियो त्योबेलाबाटै यसको जवाफी कारवाहीमा ढिलाईलाई लिएर विश्व स्वास्थ्य संगठनको आलोचना भइरहेको छ । महामारी आपतकालीन घोषित गर्ने र फेस मास्कलाई अनिवार्य गर्नमा ढिलाई जस्ता कदमको लागि विश्व स्वास्थ्य संगठनको अहिलेसम्म आलोचना हुँदै आएको छ । अमेरिकाले गरेको आलोचनाको बारेमा विश्वलाई थाहा भएकै हो ।

यहि कारण महामारीको शुरुवातमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कोरोनालाई लिएर चीन र विश्व स्वास्थ्य संगठनप्रति रुष्ट भएका थिए । यहि कारण आर्थिक सहयोग पनि रोकेका थिए । 

इन्डिपेन्डेन्ट पेनल फर पेन्डेमिक प्रिपेयर्डनेस एण्ड रेस्पोन्समा न्यूजिल्याण्डका प्रधानमन्त्री हेलेन क्लार्क र पूर्व लाइबेरियाई राष्ट्रपति एलेन जोनसन सरलेफपनि छन् । मे महिनामा यसको अन्तिम तथा फाइनल रिपोर्ट आउनेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत