सेवा

एसी मिलानले लियो शीर्ष स्थानमा तीन अंकको अग्रता, ज्लाटन इभ्राहिमोभिचले गरे दुई गोल

एजेन्सी । 'इटालियन सिरि ए' मा एसी मिलानले शीर्ष स्थानमा तीन अंक अग्रता लिएको छ ।

सोमबार भएको खेलमा एसी मिलानले काग्लिआरीलाई २—० गोलले पराजित गरेको हो ।

मिलानको जितमा दुवै गोल ज्लाटन इभ्राहिमोभिचले गरे। उनले खेलको सातौं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।

पहिलो हाफमा १—० ले अघि रहेको मिलानका लागि इभ्राहिमोभिचले ५२ मिनेटमा अग्रता दोब्बर पारे। उनले कालाब्रियाको पासमा गोल गरेका थिए ।

खेलको ७४ मिनेटमा एसी मिलान १० खेलाडीमा सीमित बन्यो । मिलानका साइलेमाइकर्स दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

अंक तालिकामा शीर्ष स्थानमा रहेको एसी मिलानको १८ खेलबाट ४३ अंक भएको छ ।

दोस्रो स्थानको इन्टर मिलानको ४० अंक छ भने नेपोली १७ खेलबाट ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । 

रोमा १८ खेलबाट ३४ अंक जोड्दै चौथो र युभेन्ट्स १७ खेलबाट ३२ अंक जोडेर पाँचौ स्थानमा रहेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत