प्रेरणा

“काम जेसुकै गर्नुहोस तर मानवीयता नगुमाउनुहोस्”

काठमाडौँ । जुनसुकै परिस्थितिमा पनि होस गुमाउनु हुँदैन झनै मानवीयता प्रमुख हो । यहि विषयमा अनेकन कथा, घटना, प्रेरक भनाई र उदाहरणहरु हामी देख्न, सुन्न र हेर्न सक्छौँ ।

श्रीराम र हनुमानसँग जोडिएको यो घटना मनन गरौँ ।

एकदिन हनुमानले श्रीरामलाई भने, ‘प्रभु, तपाईंको अवतार केवल रावणलाई मार्नको लागि मात्र भएको होइन । तपाईंको अवतारको मुख्य उद्धेश्य हो लोक शिक्षा । तपाईंले सबै प्राणीभित्र जीवनको आशा जगाउने काम गर्नु भएको छ ।’

रावणसँग सबै जीव यतिसम्म डराउँथे कि उनीहरुको जिउने इच्छा नै समाप्त भएको थियो । धेरै मानिसहरुले गलत बाटो अपनाइरहेका थिए भने केहि व्यक्ति त आफ्नो जीवनलाई नै नष्ट गर्न लागेका थिए ।

हनुमानको यो कुरा बिल्कुलै सहि थियो । श्रीरामले रावणसँग युद्ध गरे, यो अभियानको पछाडि मानिसलाई जगाउने खास उद्धेश्य थियो । श्रीराम एक्लै रावणलाई मार्न सक्थे । तर, श्रीरामले यस्तो गर्दा अर्को रावण पैदा हुन्थ्यो । रावण वधपछि पनि मानिसहरु जाग्दैनथे न त राम अवतारको उद्धेश्य नै पूरा हुन्थ्यो ।

श्रीरामले आदिवासी, वनवासी, वाँदर, भालू, राक्षस सबै जीवलाई जगाउने काम गरे । भगवानले सबैलाई यो अनुभूति गराए कि हाम्रो उद्धेश्य सहि सोच्नु हुनुपर्दछ र त्यसलाई तय गरिएको समयमा पूरा गर्नुपर्दछ ।

श्रीरामको यो शिक्षा हामीलाई राष्ट्रिय, व्यापारिक, सामाजिक या पारिवारिक, कुनैपनि काम गर्छौँ भने सो समय मानवीय पक्षलाई ध्यान दिनु जरुरी हुन्छ । आफ्नो समूहको भावना र उनीहरुको सुख दुःखलाई बुझ्नु पर्दछ । साथीको सोच र आफ्नो लक्ष्यमा तालमेल बनाएर अगाडि बढ्नु पर्दछ । यो कुरा ध्यानमा राखेमा समूहको हरेक सदस्यले पूर्ण इमान्दारीसँग आफ्नो जिम्मेदारी निभाउनेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत