समाज

हिटर सर्ट भएर आगो लाग्दा वृद्धको मृत्यु

काठमाडौँ । हिटर सर्ट भएर आगो लाग्दा एक वृद्धको मृत्यु भएको छ । कलंकीमा आगोले जलेर वृद्धको मृत्यु भएको हो ।

मंगलबार बिहान ४ बजे काठमाडौं महानगरपालिका १४ खड्का गाउँस्थित घरमा वृद्ध जलेर मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुनेमा ८४ वर्षीय शिवराम खड्का छन् ।

कोठाको झ्याल ढोका लगाएको अवस्था रहेछ । हिटर बालेर सुतेको देखिन्छ । प्रारम्भिक रूपमा हेर्दा हिटर सर्ट भएर आगलागी भयो । प्रहरी पुग्दा आगो निभिसकेको थियो । उनको अगाडिको भाग जलेको छ। चार बजे उठ्ने मान्छे ६ बजेसम्म पनि किन नउठेको भनेर अन्य परिवारका सदस्य हेर्न गएका रहेछन् ।  डिएसपी विष्टले भने ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको उनले बताए ।

गाउँ सहर डेस्क

तपाईँको मत