समाज

अवैध गाँजा खेती नष्ट

सप्तरी । सप्तरी प्रहरीले विभिन्न ग्रामीण भेगहरुमा अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान चलाएको छ । सोही क्रममा ईलाका प्रहरी कार्यालय हनुमाननगरको टोलिले सप्तरीको तिलाठि कोइलाडि गाउपालिका वडा नम्बर ८ सडेपार र महदेवा गाउपालिकाको वडा नम्बर २ मा अवैध रुपमा लगाइएको झण्डै ७५० वटा गाँजाको बोट नष्ट गरेको जनाएको छ ।

प्रहरीको टोलिले अवैध रुपमा आगन तथा खेतबारिमा लगाएको अवैध गाँजाको बोट नष्ट गरिएको ईलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज सन्जय न्यौपानेले जानकारी दिएका छन् ।

पछिल्लोपटक सप्तरीको विभिन्न ग्रामिण भेगहरुमा अवैध गाँजाको खेति फष्टाउदै गएकाले जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत रहेका सम्पुर्ण प्रहरी युनिटहरुमा अवैध गाँजा खेति नष्ट पार्ने अभियान सञ्चालन गरेको तथा यो कार्य नियमित रुपमा हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत