अर्थतन्त्र

सुनको मूल्य बढ्यो

काठमाडौँ । साताको दोस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चार सयले सुनको मूल्य बढेको हो ।

सोमबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत