स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये २० लाख ४९ हजारकाे मृत्यु, ६ कराेड ८६ लाख जना निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५३ लाख २८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड ८६ लाख २७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९ करोड ६० लाख ५ हजार नाघेको छ भने मृतकको संख्या २० लाख ४९ हजार २३८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ११ हजार ८४७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ४६ लाख २६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ४५ लाख ५१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९६ लाख ६६ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ५ लाख ८२ हजार ६४७ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५२ हजार ५९३ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड २ लाख २७ हजार ८५२ जना निको भएका छन् । सक्रिय केस २ लाख २ हजार २०२ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ८५ लाख १२ हजार जना संक्रमितमध्ये ७४ लाख ५२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख १० हजारभन्दा बढी छन् । हाल ८ लाख ४९ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ६७ हजार ६४४ जना पुगेका छन् भने २ लाख ६१ हजार ८१८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ९६५ पुगेको छ भने ३ हजार ८६१ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत