दिगोविकास

‘भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकार जनताको चुलो बन्द गराउन उद्यत’ : महामन्त्री तिमल्सिना

काठमाडाैं । मंगलबार लागू हुने गरि गरिएकाे पेट्रोलियम पदार्थकाे मूल्यबृद्धिप्रति नेपाल विद्यार्थी संघले कडा आपत्ति जनाएको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेस बिज्ञप्ति जारी गर्दै अत्यावश्यकीय उपभोग्य बस्तु पेट्रोलियम पदार्थमा पटक पटक मुल्यबृद्धि गर्ने सरकारको निर्णय निन्दनीय भएकाे भन्दै  बिस्तारै बिस्तारै जनताकाे चुल्हाे बन्द गर्ने नियत भएकाे बताएका छन् । 

‘भ्रष्टाचारमा चुर्लुम्म डुबेको जनतामारा सरकारको जनता बिरुद्धको रबैयाको निरन्तरताको रुपमा लादिएको यो निर्णय आम नेपाली जनताको ढाड सेक्ने र चुलो बन्द गराउने नियतबाट उद्यत छ’ महामन्त्री तिमल्सिनाले विज्ञप्तिमा भनिएकाे छ । 

एकपछि अर्को जनबिरोधी गतिविधिमा लिप्त भइ भ्रष्ट र प्रतिगामी सरकारको जनघाति कदम र निर्णयका बिरुद्ध शसक्त प्रतिरोध गर्न पनि उनले सबैमा अपिल गरेका छन् ।

नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको छ । सबै इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ।

सो मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत