विश्व

भारतमा भ्याक्सिनेशनको तेस्रो दिनसम्म ३.८१ लाखमा खोप, अहिलेसम्म ५८० जनालाई साइड इफेक्ट

  • एजेन्सी
  • ५ माघ सोमबार, २०७७ | २१:२७:०० मा प्रकाशित

नयाँ दिल्ली । संसारकै सबैभन्दा ठूलो खोप कार्यक्रम कार्यक्रमको भारतमा तीन दिन पूरा भएको छ । अहिलेसम्म ३.८१ लाखले कोरोना खोप लगाइसकेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रीका अनुसार, तीन दिनमा भ्याक्सिनेशन प्रोग्रामपछि साइड इफेक्ट हुनेको संख्या ५८० रहेको छ । यसमध्ये सात जनालाई अस्पतालमा भर्ना गर्नुपरेको बताइएको छ ।

भारतमा खोपको पहिलो दिन २,०७,२२९, दोस्रो दिन १७,०७२ र तेस्रो दिन १,४८,२६६ लाई खोप दिइएको स्थानीय समाचार माध्यमले जनाएका छन् ।

एजेन्सी

तपाईँको मत