गाउँ सहर

विश्व कीर्तिमानी खगेन्द्रको प्रथम स्मृति सभा सम्पन्न

पोखरा । होचा व्यक्तिको रुपमा विश्व कीर्तिमानी कायम गरेका खगेन्द्र थापा मगरको प्रथम स्मृति सभा सम्पन्न गरिएको छ । कीर्तिमानी खगेन्द्रले २०६७ सालमा विश्वकै होचा व्यक्तिका रुपमा गिनिज वुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका उनको निधन भएको एक वर्ष पश्चात सोमबार पोखरामा प्रथम स्मृति सभा सम्पन्न गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ ।

खगेन्द्रले नेपाललाई विश्व सामु चिनाउन पुराएको योगदानको मुल्याङकन सहित स्मरण गर्दै प्रथम स्मृति सभा आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष मीन बहादुर रानाले बताए । प्रतिष्ठानका अध्यक्ष राना, उपाध्यक्ष रामबहादुर के.सी., कोषाध्यक्ष दामोदर बाँस्तोला, पत्रकार रुद्र सिरिस मगर, दीननाथ बराल लगायतले खगेन्द्रको तष्विरमा माल्यार्पण सहित स्मरण गरेका थिए ।

बागलुङ जिल्ला, वरेङ गाउँपालिका वडा नं. १, धुल्लुवास्कोटमा जन्मेका खगेन्द्र छाती, मुटु सम्बन्धी रोगबाट ग्रसित भई पोखराको मणिपाल शक्षिण अस्पतालमा उपचारकै क्रममा गत बर्ष २०७६ माघ ३ गते निधन भएको थियो । खगेन्द्रका आमा धनमाया थापा मगर र वुवा रुपवहादुर थापा मगरले भने खगेन्द्रको स्मृतिमा बुधबार आफ्नो परम्परा अनुसार उनको स्मृतिमा स्मरण गर्ने भएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत