राजनीति

राप्रपा अध्यक्ष जबराले भने- राजसंस्था, हिन्दूराष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले राजसंस्था, हिन्दूराष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यक भएको बताएका छन् ।

‘राष्ट्रियता र प्रजातन्त्रको पक्षमा राजसंस्था र हिन्दूराष्ट्र पूनःस्थापना अपरिहार्य देखिएको बेला, एकै लक्ष्य लिएका हामी सबै हातेमालो गर्न आवश्यक भएको छ,’ राप्रपा अध्यक्ष राणाले सोमबार भने ।

‘राजसंस्था र हिन्दूराष्ट्रको माग देशभरी फैलिएको छ । यस अर्थमा आम जनता र युवा पुस्ताको अग्रसरता सह्रानीय छ,’ उनले ट्वीटमा भने ।

दलीय भूमिकाभन्दा माथि रहने, निष्पक्ष राष्ट्रप्रमुख आवश्यक रहेको अध्यक्ष राणाको भनाइ छ । प्रजातन्त्र जोगाउन पुरानो राजसंस्था चाहिएको भन्दै राजसंस्था पुनःस्थापनाको पक्षमा उनले वकालत गर्दै आएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत