दृष्‍टिकोण

कोरोनाभाइरसको नयाँ स्वरुप, विरोध र निर्वाचन अनि हाम्रो नेग्लिजेन्स

हेलचेक्राइँले कहाँ पुर्याउला ?

काठमाडाैँ । प्रतिनिधि सभा विघटन भएपछि उत्पन्न संकटले निकाश पाउन सकेकाे छैन । प्रमुख प्रतिपक्षी दल र राजपा आन्दाेलनमा छन् । नेपाली काङ्ग्रेसले त वडा र गाउँ, नगर, उपमहानगर र महानगरमा विराेध गरिनैरहेकाे छ । खुइलिएकाे काङ्ग्रेस ब्राण्ड उकास्न उ लागिपरेकाे छ । 

उता सत्तापक्षबाट चाेइटिइएकाे नेकपा प्रचण्ड-नेपाल समूहपनि हामी यहाँ छाैँ भनेर दैनिक सरकारकाे विराेधमै लागिपरेकाे छ । सत्ताकाबाहेक अन्य दल तथा नागरिक समाजलगायत अन्य पेशागत संगठनहरू प्रतिनिधि सभा विघटनलाई लिएर सरकारकाे खुलेर विराेध गरिरहेका छन् । दुइचाेइटाकाे विराेधले नै सम्पूर्ण सञ्चार व्यस्त छ । नागरिक हाँस्यव्यङ्ग्य हेर्नमै रमाएका छन् । यी दुइकाे दाेहाेरी सकिन्छ र अरूकुरा हाेला भन्ने अहिले नसाेचेपनि भएकाे छ ।

अर्काेतिर महामारी जुन हामीले याे वर्षभरी नै भाेग्याैँ जसले जन र धनकाे अवर्णनीय धक्का पुर्याएकाे छ । फेरी यहि भाइरसकाे नयाँ स्वरूपले विश्व आजित बनाइरहेकाे बेला त्यसैकाे लक्षण बेलायतबाट आएका नागरिकमा देखापरेकाे छ । यसले थप चिन्ता जनतामा थपिदिएकाे छ ।

नेपालमा पनि तीन जनामा काेभिड-१९ काे नयाँ स्वरूप पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तीनजनामा नयाँ प्रजातिको भाइरस भएको पुष्टि गरेको हो । उनीहरुको स्वाब जिन सिक्वेन्सिङका लागि गत पुस २७ गते हङकङ पठाइएको थियो ।

नयाँ भाइरस देखिएकामा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष रहेको पनि विज्ञप्तिमा उल्लेख छ । नयाँ भाइरस देखिएसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुराेध गरेकाे छ । मन्त्रालयले मास्क लगाउन, स्यानिटाइजर प्रयाेग गर्न र भीडभाडमा नजान पनि अनुराेध गरेकाे छ । 

पछिल्लाे समय विराेध तथा आन्दाेलनले पनि मास्क, दुरी हराउँदै गएकाे थियाे । संक्रमणकाे दर घटेकाे भनिँदै थियाे (जाँच नगरेर) । जनता क्रमशः व्यङ्ग्यमा उत्रिएका थिए, भनिँदै थियाे आन्दाेलन गर्नेलाई काेराेना लाग्दैन रहेछ । तर सावधान काेराेनाकाे नयाँ स्वरूपले बेलायतलगायतका मुलुकमा मृत्युदर ह्वात्तै बढेकाे र पुनः लकडाउन सुरू भएकाे तथ्य नविर्साैँ ।

विश्वसँगै नेपालपनि काेराेनाभाइरसबाट अक्रान्त छ । अर्काेतिर यस्ताे विषम अवस्थामा देशमा पुनः निर्वाचनकाे लागि खर्च जुटाउनु परेकाे छ । सरकारसँग काेराेनाभाइरस विरूद्धकाे खाेप किन्ने पैसा छैन, दाता बाेलाइरहेकाे छ तर देशमा प्रतिनिधि सभाकाे निर्वाचनकाे लागि अर्बाैँकाे अनुमान गर्न थालिएकाे छ ।

निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको छ ।

आयोगले यसपटक कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन तयारी गर्नुपर्ने भएकाले अघिल्ला निर्वाचनमा भन्दा खर्च केही बढ्ने अनुमान गरेको छ । सो विषयमा प्रारम्भिक खाका बनाउने काम भइरहेको आयोगले बताएकाे छ । 

सरकारकाे गतिविधि राम्राे भएकाे भए जनता सडकमा उत्रँदैनथिए, याे सबैलाई थाहा भएकै कुरा हाे । तर भिड गराउन सरकार नै लागिपरेकाे छ ताकि जनताले झुट विर्सिउन् । तर याे सम्भव देखिएकाे छैन । ज्यानकाे जाेखिम माेलेर जनता सडकमा निस्किएका छन् । सरकार याे देखेर गलेकाे छ तर स्वीकार गर्ने पक्षमा छैन उ । जनतापनि भेडाे शैलीमा विराेधमा सहभागी हुँदा जाेखिमबीचकाे यात्रा पक्कै सहज भने देखिएकाे छैन । याे हाम्राे नेग्लीजेन्सी हाेइन ?

महामारीले ठूलाेसानाे, धनीगरिब, अग्लाेहाेचाे भनेकाे छैन । यसमा सावधानी नै सबैभन्दा उत्तम विकल्प देखिएकाे छ । रैपनि हामी सबै भिडभाडकै पछि लागेका छाैँ । यसले भविश्यमा हुनसक्ने जाेखिमकाे संकेत गर्दैन ? उसैपनि तयारी नै नभएकाे प्रमाणीत परिवेशमा काेराेनाकाे नयाँ स्वरूपले कति हानी गर्न सक्ला भनेर तयारीमा लाग्नुपर्नेमा विभिन्न बखेडा झिकेर जाेखिम बढाउने सरकाले तत्काल सुध्रिनु जरूरी छ ।

यसकारण पहिले जाेखिम कम गराैँ र अन्य कुरा गराैँ । नत्र पछुताउनुबाहेक भाेली केहि हुनेछैन । भिड जम्मा गर्ने र गराउन उद्धत गर्ने यहाँ धेरै छन् तर मृत्युशैयामा अस्पतालमा हुँदा पुग्ने र उद्धार गर्ने कमै छन् । जान हे ताे जहान हे भन्ने कुरा नभूलाैँ, सावधानी अपनाएर नै सबैकाम गराैँ ।

गाउँ सहर डेस्क

तपाईँको मत