समाज

सेनाद्वारा मुसहर बस्तीमा कम्बल वितरण

बारा । सेनाद्वारा मुसहर बस्तीमा कम्बल वितरण गरिएको छ । नेपाली सेनाले बाराको एक मुसहर बस्तीमा २ सय थान कम्बल वितरण गरेको हो । श्री नंम्बर २८ बाहिनी अड्डा जीतपुर अन्तरगत रहेको चन्दननाथ गण बाराले कम्बल वितरण गरेको जनाएको छ ।

तराई क्षेत्रमा शीतलहरसँगै जाडो बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको दलित बस्तीमा कम्बल वितरण गरिएको नेपाली सेनाले जनाएको छ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नंम्बर १७ र १८ का मुसहर परिवारलाई श्री नम्बर २८ बाहिनी अड्डाका प्रमुख सहायक रथी जोनसोन खड्काले नागरिक र सेनाबीचको सम्बन्ध प्रगाड बनाउने उदेश्यले राहत वितरण गरिएको जानकारी दिएका छन् ।

जाडो बढिरहे आगामी दिनमा गरिब बस्तीमा दाउरा समेत वितरण गर्ने योजना रहेको सहायक रथी खड्काले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत