अर्थतन्त्र

दोहोरो अंकले बढ्यो शेयर बजार, ६ अर्ब ३१ करोड बराबरको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से दोहोरो अंकले बढेको हो । 

आज नेप्से १७.३१ अंकले बढेर दुई हजार तीन सय ३२ दशमलब ३१ विन्दुमा पुगेको छ भने ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूह बाहेक अन्य समूह बढेका छन् । आज सबैभन्दा धेरै लगानीकर्ताको आकर्षण व्यापार तथा होटल उपसमूहतर्फ देखिएका छन् । व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ६.५८ प्रतिशतले वृद्धि भएको छ भने यसपछि होटल उपसमूहको सूचक ५.८२ प्रतिशतले वृद्धि भएको छ ।

अठार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

सोमबार १८ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढ्दै सकरात्मक सर्किट लागेको छ । आजको बजारमा सिभिल लघुवित्त, विशाल बजार कम्पनी, गोर्खाज फाइनान्स, स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, सामुदायिक लघुवित्त, समीट लघुवित्त, गुराँस लघुवित्त, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसीएल), तारागाउँ रिजेन्सी होटल, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, प्रभु लाइफ इन्सयोरेन्स, बरुण हाइड्रोपावर, कामना सेवा विकास बैंक, प्रोगेशिभ फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

समृद्धि फाइनान्सका लगानीकर्ताले गुमाए

सोमबारको बजारबाट समृद्धि फाइनान्सको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फाइनान्सको शेयरमूल्य ४.१४ प्रतिशतले घटेर १६२ रुपैयाँमा झरेको छ ।

यसैगरी एभरेष्ट बैंकको कन्भर्टिबेल प्रिफरेन्स शेयर, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, मिर्मिरे लघुवित्त, आइएमई जनरल इन्स्योरेन्स, सप्त कोशी डेभलपमेन्ट बैं, राधी विद्युत कम्पनी, र माउन्टेन हाइड्रो नेपालको शेयरमा लगानी गरेका लगानीकर्ताले २ प्रतिशत धेरैले गुमाएका छन् ।

आज कारोबारमा आएका २०७ मध्ये १२५ कम्पनीको शेयरको मूल्य बढेको छ भने ६५ को घट्दा १७ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

प्रभु बैंकको उच्च कारोबार

सोमबार प्रभु बैंकको सबैभन्दा धेरै ३३ करोड ४६ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ । बैंकको ७ लाख ६८ हजार ७५५ कित्ता शेयर २ हजार १६७ पटक कारोबारमा आएको छ ।

यसैगरी दोस्रो ठूलो कारोबार भएको एनटीसीको २६ करोड ८५ लाख, एनआईसी एशिया बैंक २० करोड २४ लाख, पुनर्बीमा कम्पनी १७ करोड ८ लाख र नेपाल लाइफको १६ करोड २२ लाख बढीको शेयर कारोबारमा आयो ।

यस्तै सूर्या लाइफ, सूर्या लाइफ संस्थापक, एलआईसी एभरेष्ट बैंक, र फस्ट माइक्रोफाइनान्सको पनि उच्च कारोबार हुँदै शीर्ष दश कारोबार हुने कम्पनीभित्र समेटिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत