निर्माण

निजी आवास ८५ प्रतिशत सम्पन्न

दोलखा। निजी आवास ८५ प्रतिशत सम्पन्न भएका छन् । वि.सं. २०७२ को विनाशकारी भूकम्पले क्षति पु-याएका निजी आवास मध्ये ८५ प्रतिशत निर्माण सम्पन्न भएको हो । जिल्लाका ५८ हजार ३८८ निजी आवास क्षति भएको थियो ।

सरकारी कार्यालय, सार्वजानिक भवन बाहेक निजी आवासको लागि हालसम्म १८ खर्ब ५३ करोड १४ लाख ५० हजार खर्च भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । विनासकारी भूकम्पले जिल्लामा १६० को निधन भएको थियो । भूकम्पमा ६०३ सख्त घाइते भएका थिए । भूकम्पले करिव ४१ अर्ब ७९ करोड, ८१ लाख १४ हजार, ६१४ बराबरको क्षति एकाइका निमित्त प्रमुख टीकाप्रसाद जोशीले जानकारी दिएका छन् । 

भूकम्पबाट जिल्लामा १ लाख १९ हजार ९६१ पुरुष र एक लाख १९ हजार ७७९ महिला प्राभावित भएका थिए । हालसम्म पुनःनिर्माण लाभग्राही ७० हजार ८८९ र रेट्रोफिटिङ लाभग्राही दुई हजार ६६८ मध्ये ६७ हजार २३० ले अनुदान सम्झौता गरिसकेका छन् ।

तीन हजार ३२७ जानको अनुदान सम्झौता हुन बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित प्रमुख जोशीले जानकारी दिए । भूकम्प पीडितमध्ये पहिलो किस्ता ६९ हजार ५५१ जनाले दोस्रो किस्ता ६४ हजार ९५ र तेस्रो किस्ता ६१ हजार ७९३ ले लिएका छन् । जिल्लामा अनुदान फिर्ता गर्ने लाभग्राही १३५ रहेका छन् ।

पुनरावेदन दर्ता गर्ने लाभग्राही ४ हजार १७ र जोखिम वर्गका लाभग्राही १ हजार १५१ रहेका छन् । स्थानीय सरकार बनेपछि भूकम्पपीडितले धेरै राहत पाएका छन् । भवन निमार्णपछि सरल र सहजरुपमा पहिलो दोस्रो, तेस्रो किस्ता लिन जनप्रतिधिले सहयोग गरेको भीमेश्वर नगरपालिकाका कार्यपालिका सदस्य दीपक घनुकेले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत