गीतकार डा. डीआर उपाध्यायको ‘यो मायाको डोरो’ सार्वजनिक
- गाउँ सहर डेस्क
- ५ माघ सोमबार, २०७७ | १३:५०:०० मा प्रकाशित
काठमाडौँ । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ । गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको छ । प्रज्योल राज शाक्यको निर्देशन रहेको गीतको अन्जु सुनार तथा सन्दिप सुवेदी फिचरिङ गरेका छन् । अखिल बास्तोला र टिमको छायाँकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन रहेको छ ।
फरक शैलीका गीत मार्फत डा. उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राखि सकेका छन् । डा.उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।
उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् ।
सयौं गीतका सर्जक डीआरका दश उपन्यास पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ आउने तयारीमा रहेको बताइएको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस