कला

कोमल ओलीको ‘फेरीपनि ल्याउनुपर्छ केपी ओलीलाई’ गीत सार्वजनिक

काठमाडौँ । राष्ट्रियसभा सदस्य तथा गायिका कोमल ओलीको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको गीत प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा केन्द्रित छ ।

गीतमा प्रधानमन्त्रीको नेतृत्वमा  ढलेको धरहरा उठेको र राष्ट्रियता समेत मजमुत बनेको उल्लेख गरिएको छ । ओलीको नेतृत्वमा देशको पुरा नक्सा सार्वजनिक भएको भन्दै गीतमा अझै जमिन ल्याउन बाँकी रहेको र समृद्धिको सपना साकार पार्न ओलीको खाँचो परेको उल्लेख छ ।

‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’

‘देशको लागि आज अनि चाहियो भोलिलाई’ 

भन्दै, गीतमा प्रधानमन्त्री ओलीले नाकाबन्दी डटेर मुकाबिला गरेको र छिमेकीसँगको सम्बन्धलाई पनि समानताको आधारमा बढाएको उल्लेख छ ।

समृद्धिको संवाहक ओली नै भएको भन्दै गीतमा देशभरका हवाई मैदान आधुनिक बनाउने काममा ओलीको भूमिका रहेको र पूर्वपश्चिम रेलमार्ग ओलीकै नेतृत्वमा सम्पन्न हुने विश्वास गरिएको छ ।

गीतमा फौद बहादुर बस्नेत र ध्रुवराज धितालको स्वर रहेको छ भने सङ्गीत ध्रुवराज धितालले दिएका छन्।  गीतका शब्द फौद बहादुर बस्नेतले लेखेका हुन्।

गाउँ सहर डेस्क

तपाईँको मत