खेल

प्रधानमन्त्री कप : प्रदेश १ द्वारा गण्डकीलाई १०३ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज भइरहेको खेलमा प्रदेश नंम्बर १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०२ रन मात्र बनायो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले २४, मिनास थापाले २२, शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाए ।

बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवाश भण्डारी र विशाल पौडेलले चाररचार तथा विपीन खत्रीले दुई विकेट लिए। यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा अहिले समूह ‘बी’अन्तर्गत वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ । सुदूरपश्चिम प्रदेशले टस जिते फिल्डिङ रोजेपछि वाग्मती ब्याटिङ गर्न पुगेको हो ।

वाग्मतीले ३१ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर १६९ रन बनाएको छ । वाग्मतीका आकाश थापा, पारस खड्का र आदिल खान पवेलियन फर्किएको छ । थापाले आठ बल खेल्दै तीन चौकाको मद्दतमा १३ तथा खड्काले १९ बलमा तीन चौका हान्दै २० रनको योगदान दिएका छन् । यस्तै खानले अर्घशतकीय पारी खेले । उनले ८६ बलमा ६३ रन बनाए । यसक्रममा खानले १० चौका प्रहार गरे । अहिले पृथु बाँस्कोटा र इशान पाण्डेले ब्याटिङ गरिरहेका छन्। बाँस्कोटाले अद्र्धशतक प्रहार गरेका छन् । बलिङतर्फ सुदूरपश्चिमका भोजराज भट्टले दुई तथा विनोद लामाले एक विकेट लिए ।

वाग्मतीले आइतबार आफ्नो पहिलो खेलमा साविक विजेता पुलिसलाई ७ विकेटले हराएको थियो । गण्डकी नेपाली सेनाको त्रिभुवन आर्मीसँग ९८ रनले हारेको थियो भने प्रदेश १ एपीएफसँग १३५ रनले पराजित भएको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत