राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा आर्मीको वर्चश्व
- गाउँ सहर डेस्क
- ५ माघ सोमबार, २०७७ | १२:५५:०० मा प्रकाशित
लहान। राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा आर्मीको वर्चश्व रहेको छ । सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित १०औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा नेपाल आर्मीको वर्चश्व रहेको हो । गोलबजार नगरपालिका र राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा गोलबजारस्थित कवर्डहलमा आइतबार साँझ सम्पन्न ९ इभेन्टस्मा भएको खेलमा नेपाल आर्मीका खेलाडीले वर्चश्व कायम गरेका हुन् । पुरुष डबलमा त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठ र रत्नजित तामाङले प्रथम स्थान हासिल गरेका छन् । आर्मीकै पविन र लिन्थेप र सरोज महर्जनलाई पछि पार्दै श्रेष्ठ र तामाङले प्रथम स्थान प्राप्त गरेका हुन् ।
महिला तर्फको डबलमा पनि आर्मीकै अनिता गिरी र रसिला महर्जन विजयी भएका छन् । एपिएफका जेसिका गुरुङ्ग र सुनयना मुखियालाई पराजित गर्दै गिरी र महर्जनको जोडी प्रथम भएको जनाएको छ । एकल ब्वाइज अण्डर १७ तर्फ पनि आर्मीले नै सफलता हात पारेको छ । आर्मीका भोजबहादुर गुरुङले आर्मीकै आयुस्मान नगरीलाई पराजित गरेका हुन् । त्यसैगरी गल्स अण्डर १७ अन्तर्गत आर्मीकै रसिला महर्जन प्रथम भएकी छन् । उनले विराटनगर ब्याडमिन्टन क्लबका रोज पाण्डेलाई पराजित गरेकी हुन् । एकल पुरुषतर्फ कैलालीका देवराज रानाले आर्मीका दिवस शङ्करलाई पराजित गर्दै प्रथम भएका हुन् ।
४५ वर्ष माथिका डबल पुरुषतर्फ अनिलकुमार लाखे बाँके र शुरेश श्रेष्ठले पोखराका शोभाकर भण्डारी र नवीन पराजुलीलाई पछि पार्दै प्रथम पुरस्कार हात पारेका छन् । लेबल १२ का लागि एकल महिला तर्फ अर्मीका जेनिशा गुरुङ्गले एपिएफका रसिला महर्जनलाई पछि पार्दै पुरस्कार हात पारेका छन् । एकल महिला तर्फ फाइनलमा भिडेका कैलालीका प्राथना देउवाले झापाका अञ्जना राईलाई हराएका थिए । त्यसैगरी पुरुष सिङ्गल टप १६ का लागि फाइनलमा भिडेका सिल्क ग्रुपका प्रिन्स दाहालले एपिएफका दीपेश धामीलाई सोझो सेटमा हराएका थिए । प्रतियोगितामा नौ वटा इभेन्टस्को लागि प्रति इभेन्ट्स प्रथम २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने दुई जनालाई १० हजारका दरले पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिता पश्चात आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह, राष्ट्रिय खेलकूद परिषद्का केन्द्रीय सदस्य सुवास श्रेष्ठले विजेताले खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस