अर्थतन्त्र

सुनको मूल्य पुनः ओरालोतर्फ, सोमबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि ओरालो लागेको छ । स्थानीय बजारका लागि तोकिएको मूल्य अनुसार आज छापावाला सुन तोलामा रु २०० ले घटेको छ ।

प्रतितोला रु ९१ हजार ८०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९१ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।  आज भने रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

चाँदीको मूल्यमा  कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा रु १ हजार २३० मा कारोवार भइरहेको महासंघले जनाएकोे छ ।

गाउँ सहर डेस्क

तपाईँको मत