समाज

लागुऔषधसहित तीन जना पक्राउ

झापा । झापाको दमक र गौरादहबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दमक नगरपालिका १ का ३२ बर्षीय देवेन्द्र राई र गौरादह नगरपालिका ३ का २७ बर्षीय लक्ष्मण दास र १९ बर्षीय राम शाह रहेका छन् । 

प्रहरीका अनुसार आईतवार साँझ दमक नगरपालिकाबाट राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

यसैगरी गौरादह नगरपालिका १ बाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार राती पौने ८ बजे गौरादह नगरपालिका ३ का दास र शाहलाई २३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको जनाएको छ ।

यस्तै, मोरङको रतुवामाई नगरपालिका २ डोरीयाबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । सीमा प्रहरी चौकी डोरीया मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका ९ का २४ बर्षीय दिपेश घिमिरे र २४ बर्षीय संजिव भट्टराई लाई २०० ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत