पाइप लाइनबाट चोरीको सम्भावना शून्य : आयल निगम
- गाउँ सहर डेस्क
- ५ माघ सोमबार, २०७७ | ११:३१:०० मा प्रकाशित
काठमाडौँ । पाइप लाइनबाट चोरीको सम्भावना शून्य रहेको नेपाल आयल निगमले जनाएको छ ।मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको भारतीय खण्डमा गतसाता डिजेल चोरीको प्रयास भएकाे थियाे । आधुनिक पाइप लाइन भएकाले चोरी तथा चुहावटका प्रयास तुरुन्त जानकारीमा आइहाल्ने निगमले जनाएको छ ।
निगमका अनुसार पाइप लाइनमा अप्टिकल फाइबर राखिएको र त्यसको सहायताले पाइप लाइनमा पु-याएको असर पत्ता लगाउन सकिन्छ । त्यसका साथै पाइप लाइन ‘स्काडा र पीएलसी प्रोग्रामले कन्ट्रोल’ गरिएको हुँदा कसैले पाइप लाइनमा असर पु-याए तुरुन्त जानकारीमा आउने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।
उनले भने, “मोतिहारी–अमलेखगञ्ज पाइप लाइन आधुनिक हो, यसमा सामान्य तरिकाले चोरी गर्छु भनेर सम्भव छैन प्रविधिले तत्काल थाहा पाइहालिन्छ । पाइप फुट्यो भने पनि प्रेसर कम भइहाल्छ अनि कहीँ गडबढी छ भन्ने कुरा त थाहा भइहाल्छ । ” उनका अनुसार भारतमा भएको चोरीको प्रयास पनि तुरुन्त जानकारीमा आएको थियो ।
पाँच दिनअघि भारतको विहार प्रान्तको लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिक पाइप लाइनको डिजल चोरीको प्रयास भएको थियो । तत्काल जानकारी प्राप्त भएकाले कुनै क्षति हुन नपाएको दाबी निगमको गरेको छ । इन्डियन आयल कर्पोरेसनको मोतिहारी कार्यालयले कुनै पनि क्षति नभएको जानकारी निगमलाई गराएको थियो ।
प्रवक्ता उपाध्याय भन्छन्, “पाइल पाइनबाट नियमित रूपमा दुई लाख ५० हजार लिटर प्रतिघण्टाका दरले आयात भइरहेको छ । चोरीको प्रयासले आयातमा कुनै असर परेको छैन भन्ने कुरा प्रमाणित भइसकेको छ तर चोरी कार्यमा संलग्नलाई के गर्छ भन्ने कुरा त्यो भारतको ऐन कानुनले जान्ने कुरा हो, नेपालतर्फ चोरीको कुनै सम्भावना छैन । ”
उनका अनुसार नेपालतर्फ पाइप लाइनलाई असर गर्ने वा चोरी कार्यहरू असम्भव छ । नेपालतर्फको पाइप लाइन बजार क्षेत्र र पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा रहेकाले पनि भौगोलिक रूपमै सुरक्षित छ ।
त्यसका साथै नेपाली सेनाले गस्ती गरिरहेकाले गैरकानुनी गतिविधि सम्भव नभएको निगमको दाबी छ । पाइप लाइनको सुरक्षाका हिसाबले नेपालतर्फ कुनै चुनौती नभएको उपाध्यायको भनाइ छ । पाइप लाइन २.५ मिटर गहिराइमा रहेको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन सञ्चालन भएपछि नेपाल आयल निगमले एक वर्षमा एक अर्ब ४५ करोड रुपियाँ नाफा कमाएको छ । जुन, भारतबाट अमलेखगञ्जसम्मको ढुवानीबापतको खर्च पाइप लाइन सञ्चालन भएपछि बचत भएको थियो । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय मोतिहारी–अमलेखगञ्ज पाइप लाइन २०७७ भदौ २४ गतेदेखि सञ्चालनमा आएको हो ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस