समाज

आइचर गाडी दुर्घटना, तीन जनाको मृत्यु

सोलुखुम्बु । आइचर गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ बरडाँडा र नेचासल्यान गाउँपालिकाको सीमानाको महादेव भीरमा भएको गाडी दुर्घटना तीन जनाको ज्यान गएको छ ।

आइतबार राती करिब साढे ११ बजे बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटना भएको होे । मृत्यु हुनेहरुमा ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी २३ बर्षका रामकुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् । चालक मगरको ठेगाना खुलेको छैन् ।

हेटौडाका २३ बर्षिय रमेश मगर गम्भिर घाइते भएका छन् ।उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।

सडकबाट करिब ३ सय मिटर तल खसेको स्थानीय दिपेन्द्र पराजुलीले जानकारी दिएका छन् । दुर्घटनाग्रस्त आइचर ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माणमा प्रयोगमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

२३.५ मेगावाटको अपर सोलु जलविद्युत आयोजनमा निर्माण प्रयोग भएका सामाग्री निमाणाधिन सोलु खोला दूधकोशी जलविद्युत आयोजनामा लैजाने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत