‘मादलको खरी’ टिम सम्मानीत
- गाउँ सहर संवाददाता
- ५ माघ सोमबार, २०७७ | ०७:५२:०० मा प्रकाशित
काठमाडाैं । सामाजिक बिसङ्गति बिरुद्धको आवाज टेलिफिल्म 'मादलको खरी' समूहलाई सम्मानित गरिएकाे छ ।
रमाइलो टिभीबाट प्रसारण भइरहेको यस टेलिफिल्मलाई भोजपुरमा सम्मानित गरिएकाे हाे ।
भोजपुरको अरुण गाउँपालिका वडा नं. ७, सिक्रेटारमा आयोजित मादलको खरी विशेष सम्मान एवं साँस्कृतिक कार्यक्रममा लेखक-निर्देशक किशाेर अनुराग, छायाँकार आनन्द प्रभाकर घिमिरे, निर्माता सेलिब्रेसन स्टूडियोलाई सम्मानित गरिएकाे छ ।
कलाकार ईश्वर बल्लभ उप्रेती, रोजी कुँवर, सुरत विष्ट, भीष्म आचार्य, दिनेश खड्का, रिता थापा, ज्ञानेन्द्र कोइराला, समीर राई, आशिष क्षेत्री, आईशा राई सहितका कलाकार र प्राविधिक टिमलाई अबिरजात्रा गरी सम्मानपत्र प्रदान गरिएकाे हाे । कार्यक्रमको सुरुवातमा स्थानीय बालन नाचले स्वागत गरिएको थियो ।
जीवन थापाको संयोजकत्वमा स्थानीय सगरमाथा माध्यमिक विद्यालयमा भएको कार्यक्रममा मादलको खरी नाटकको विशेष मञ्चन गरिएको थियो । मादलको खरी टिमका कलाकार ईश्वर बल्लभ र रोजि कुवरको युगल नृत्य, सुरत विष्टको क्यारिकेचर र सारङ्गी प्रस्तुति सहित स्थानीय कलाकारको प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
हाल भोजपुर जिल्लाको विभिन्न स्थानमा छायाँकन गरी स्थानीय कलाकार र संस्कृतिलाई समेत विशेष महत्वका साथ उक्त टेलिफिल्ममा स्थान दिँदा भोजपुरको भौगोलिक र सांस्कृतिक गरिमा अभिबृद्धी हुनेमा विश्वस्त रहेको सिक्रेटारका वडा अध्यक्ष डिल्लीराम अधिकारिले बताए ।
भोजपुरको अरुण गाउँपालिकालाई पर्यटकीय स्थानमा परिणत गर्ने अभियानलाई यो कार्यक्रम र मादलको खरीले सहयोग पुर्याउने सम्मान कार्यक्रमको प्रमुख अतिथि एवं गाउँपालिका उपाध्यक्ष बिनिता ढकालले विश्वास व्यक्त गरिन् ।
गाउँ सहरमा रुचाइन थालिए यस टेलिफिल्मले सामाजिक कु-संस्कार बिरूद्ध आवाज उठाउँदै आएकाे छ ।
्
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस