जीवनशैली

तपाईं बिहान कति बजे उठ्नुहुन्छ ? समयमा नसुत्दा र नउठ्दा के घाटा-के फाइदा ?

‘जाडाे छ के चाँडाे उठ्नु । सिरकै छाेड्न मन छैन् । के नै काम छ र ?’ धेरैकाे मनमा यस्तै बिचार आउन सक्छ ।

अनि तपाईंचाहिँ बिहान कति बजे उठ्नुहुन्छ ? ‘राती धेरै समय काम गर्नुपर्छ, विहान त मस्त सुत्ने हो नि ।’ यस्ताे जवाफ पनि हुन्छ । 

अहिले धेरैको निद्रा सोसल मिडिया, टेलिभिजन लगायतले विथोलेको छ । राती ओछ्यानमा पुगेपछि कोही फेसबुक चलाउन थाल्छन् त कोही युट्युबमा भिडियो हेर्न थाल्छन् । रातभर यस्तै काममा तल्लिन भएपछि विहान चाडै उठ्न संभव भएन । त्यही कारण कोही सात बजे उठ्छन्, कोही आठ बजे ।

यस्तो बानीले धेरैको दैनिकी अस्तव्यस्त बनाएको छ । कतिबेला सुत्ने र कतिबेला उठ्ने आफ्नो दैनिक तालिका कमैले मात्र बनाएका हुन्छन् । धेरैले यसरी समय निर्धारित गरेका हुँदैनन् ।

सुत्ने र उठ्ने तालिका नमिल्दा रोगै रोगको भय
यस्तो अस्तव्यस्त दैनिकीले मानिसको दिनचर्या त खराब हुन्छ नै, साथै उनीहरु कैयौं खालका शारीरिक रोगहरुको चपेटामा पर्छन् ।

बिहान अबेरसम्म सुत्ने मानिसहरुमा मानसिक रोग, मोटोपना, आलस्यता, मुटुरोग जस्ता विभिन्न समस्या निम्तन सक्छन् । दिनभरको थकानले शरीरको नराम्रो हालत हुन थाल्छ । समयमै सुत्ने र समयमै उठ्ने गर्नाले यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एक वैज्ञानिक अध्ययनको अनुसार जो मानिस बिहान छिट्टै उठ्छन् उनीहरुमा डिप्रेशनको सम्भावना पनि धेरै नै कम हुन्छ ।

शोधको नेतृत्वले गरेका कोलोराडो बोल्डर युनिभर्सिटीका डाइरेक्टर सेलिन वेटरका अनुसार विहान छिटै उठ्नाले कैयौं स्वास्थ्य लाभ हुन सक्छ । छिट्टै उठ्न थालेको केही दिनमै यसको असर देख्न सकिन्छ ।

बिहान चाडै उठ्नुहोस् यस्ता छन् लाभ
अध्ययनबाट जो मानिस ढिलोसम्म सुत्छन् वा राती धेरै बेरसम्म सुत्दैनन् उनीहरुमा डिप्रेशनको समस्या दुईगुणा बढी हुने तथ्य पनि सार्वजनिक भएकाे छ ।

राती अबेरसम्म नसुत्ने मानिसमा धुमपान गर्ने वा अनियमित निन्द्राको परम्परा विकसित हुन थाल्छ । निन्द्राको कमी, एक्सरसाइजको अभाव, सधैं घरभित्र रहने र धेरै समय अध्याँरोमा बिताउनाले डिप्रेशनसहित अन्य विभिन्न रोगहरुको जोखिम बढाउँछ ।

यो अध्ययनको प्रकाशन ‘साइकेट्रिक रिसर्च’ नामक पत्रिकामा गरिएको छ । यो शोधको लागि वेटरको टिमले ‘क्रोनोटाइप’ अर्थात रातमा जाग्नेहरुको डिप्रेशनको जोखिम बीच सम्बन्ध पत्ता लगाउन ३२ हजार महिला नर्सहरुको तथ्यांकको विश्लेषण गरेको थियो ।

यसमा २४ घन्टाको समयमा व्यक्तिको निन्द्राको प्रवृत्ति, सुत्ने जाग्ने रुची र मनोविकार समावेश छन् ।

वेटरले भनेका छन्, ‘हाम्रो परिणाम क्रोनोटाइप र डिपे्रशनको जोखिम बीच सामान्य सम्बन्ध देखाउँछ । यो क्रोनोटाइप र मनोदशासँग जोडिएको अनुवांशिक मार्गको ओभरल्यापसँग सम्बन्धित हुन सक्छ ।’

यी हुन् विहान सबैरै उठ्नुका अन्य लाभ
ब्रहृम मुहुर्त अर्थात सुर्य उदाउन भन्दा पहिले उठ्नाको धेरै लाभ छन् । जसबाट ढिलो सम्म सुत्ने मानिस बञ्चित भइरहेका छन् ।

यदि तपाई विहान चाँडै नै उठ्नुहुन्छ र घरबाट निस्केर थोरै समय हिँडडुल गर्नुहुन्छ वा एक्सरसाइज गर्नुहुन्छ भने यसबाट कैयौं लाभपाउन सक्नुहुन्छ ।
यी हुन् बिहान सबेरै उठ्नुका फाइदाः
१. बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ । शुद्ध अक्सिजन शरीरलाई स्वस्थ राख्नको लागि जरुरी छ ।
२. जो मानिस विहान छिटै उठेर एक्सरसाइज गर्छन् उनीहरुमा मुटुरोगको सम्भावना धेरै कम हुन्छ । शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ । ब्लडप्रेसरको समस्या निम्तिदैन ।
३. बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन । योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन् ।
४. बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ । बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत