समाज

१३ वर्षिया बालिकालाई २४ घण्टासम्म ९ जनाले गरे सामुहिक बलात्कार

एजेन्सी । २४ घण्टाको अवधीमा एक १३ वर्षिया बालिकालाई तीन पटकसम्म ९ जना पुरुषले सामुहिक बलात्कार गरेका छन्। उक्त घटना मध्ये प्रदेशको उमरिया जिल्लामा घटेको थियो । ११ देखि १२ जनवरीसम्म निरन्तर बालिकालाई बलात्कार गरिएको थियो ।

सामूहिक बलात्कार गर्ने सबैजना ट्रक चालक रहेको खुलेको छ । उनीहरुले निरन्तर एक पछि अर्काले बालिकामाथि बलात्कार गरेको एजेन्सीले जनाएको छ । उक्त घटनापछि उनी राम्रोसंग बोल्न नसक्ने भएकी छन् । बालिकालाई अपहरण गरी सुरुमा उनलाई दूई जना चालकले बलात्कार गरे, त्यसपश्चात अन्य पाँचले उनको बलात्कार गरे र अन्य दूई जनाले भोलिपल्ट बलात्कार गरेका टाइम्स अफ इन्डियाले लेखेको छ । पछि उनलाई राजमार्गमा बिभत्स अवस्थामा ट्रकबाट फालिएको थियो ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार चार जना चालकले उनको सामूहिक बलात्कार ४ जनवरी मैै गरेका थिए । तर, ती बालिकाले डरको कारण कसैलाई भन्ने हिम्मत गरेकी थिइन् । राजमार्गमा रहेका ढावाका मालिकको मद्दतले प्रहरीले ९ जना मध्ये सात जनालाई हिरासतमा लिएका छन् । अन्य दूईलाई प्रहरीले खोजी रहेको जनाइएको छ ।

कक्षा ९ मा अध्ययनरत बालिका आफ्नो पढाइ सकाएर घर फर्कने क्रममा दिँउसो उनको अपहरण गरिएको थियो । उनलाई जंगलमा लगिएको थियो । उनलाई जंगलमा दूई जना चालकले बलात्कार गरेका थिए र पछि उनलाई ट्रकमा राखी ढावा लगिएको थियो । ढावामा गएसगैँ उनको फेरि बलात्कार गरिएको थियो । बलात्कारको क्रममा अन्य चार चालकले मिलेर बालिकाको बलात्कार गरेको पिडितले रिपोर्टमा जानकारी गराएकी छन् । बालिकाको निरन्तर दूई दिनसम्म बलात्कार गरी पछि उनलाई बाटोको बीचमा फालिदिएको थियो ।

बाटोको बीचमा उनले मद्दत माग्न खोज्दा अन्य ट्रक चालकले समेत उनलाई ट्रकमा राखी पुनः बलात्कार गरेका थिए । उनको परिवारले लगातार दिन र रात खोजे अन्ततः बालिका हराएको रिपोर्ट प्रहरीमा दर्ता गराएका थिए । बालिकालाई फेरि बीच बाटोमा ट्रक चालकले फालिदिए तैपनि उनको श्वास चलिरहेको थियो । मद्दतको क्रममा उनले प्रहरी देखपछि उनले आफ्नो बारेमा बताइन् ।

जनवरी १२ मा उनलाई फेला पारिएको थियो । उनको अवस्था निकै कमजोर थियो । उत्पिडनमा परेका कारण उनलाई स्पष्ट बोल्न समेत गाह्रो भएको थियो । उनलाई २० घण्टासम्म काउन्सिेलिङ गरिएको थियो । त्यस पश्चात उनले सबै कुरा स्पष्ट रुपमा बताएकी थिइन् ।

यस सम्बन्धमा थप  अनुसन्धान जारी रहेको एजेन्सीले बताएको छ । बालिकाको नाम गोप्य राखिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत