प्रविधि

बस टिकट खरिद तथा बुकिङ्गको भुक्तानी क्यूआर पेमेन्ट मार्फत हुने

काठमाडौँ । बस टिकट खरिद तथा बुकिङ्गको भुक्तानी क्यूआर पेमेन्ट मार्फत हुने भएको छ । लक्ष्मी र्बैकले बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुबिधा ल्याएको छ । बैंकले लोहत्से बहुउदेश्यीय प्रालि लिमिटेडको सहभागितामा क्यूआर पेमेन्ट सेवा सुरुवात गरेको हो ।

अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनि वालेटबाट क्यू आर गरि फोनपे नेटवर्क अन्तरगत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

क्यू आरद्धारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाण्डौको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ । क्यू आर पेमेन्टले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैकले लिएको छ ।

लक्ष्मी बैंकले विगतमा क्यु आर लाई अस्पताल, शपिङ्गमल, इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना—ठूला ब्यापारिक संस्थाहरुमा संचालन गदै आएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत