अर्थतन्त्र

सुन तोलामा सात सयले घट्यो, तोलाको कति ?

काठमाडौँ । साताको पहिलो दिन सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

गाउँ सहर डेस्क

तपाईँको मत