स्वास्थ्य

विश्वभर काेराेना संक्रमित ९ कराेड साढे ४९ लाखमध्ये २० लाख ३० हजारले ज्यान गुमाए, ६ कराेड ७७ लाख जना निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५१ लाख ४७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड ७७ लाख ७३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९ करोड ४९ लाख ५१ हजार नाघेको छ भने मृतकको संख्या २० लाख ३० हजार ९२४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ११ हजार ६१४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ४३ लाख ६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ४३ लाख ४३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९५ लाख ५७ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ५ लाख ५८ हजार ८१० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५२ हजार ३११ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १ लाख ९६ हजार १८४ जना निको भएका छन् । सक्रिय केस २ लाख १० हजार २१५ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ८४ लाख ५६ हजार जना संक्रमितमध्ये ७३ लाख ८८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ९ हजारभन्दा बढी छन् । हाल ८ लाख ५८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ६७ हजार ५६ जना पुगेका छन् भने २ लाख ६१ हजार ४४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ९५४ पुगेको छ भने ४ हजार ५८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत