शिक्षा

हंशबाहिनी मा.वि.को ६१ औं वार्षिकोत्सव सम्पन्न

लेखनाथ । तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं २ तनहुँस्थित हंशबाहिनी माध्यमिक विद्यालयको ६१ औं  वार्षिकोत्सव एवम् ४९ औं अभिभावक दिवस विभिन्न कार्यक्रमकाबीच  सम्पन्न भएको छ ।

अभिभावक दिवस एवम् वार्षिकोत्सवका अवसरमा २०७६ को वार्षिक परीक्षामा कक्षा १ देखि कक्षा १२ सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीका साथै विभिन्न विधामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं २ का वडा अध्यक्ष जगतबहादुर गुरुङले विद्यालयको भौतिक विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शुक्ला गण्डकी नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत ज्योतिप्रकाश तिमल्सिनाले कोरोना कहरका कारणबाट विद्यालय आउन नसकेका विद्यार्थीका लागि नगरपालिकाले स्वाअध्ययन सामग्री वितरण गरेको बताए यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रराज खनाल विद्यालयको उन्नति प्रगतिमा सबैको साथको अपेक्षा गरे ।

विद्यालयका शिक्षक कविराज खनालले स्वागत गरेका थिए भने विद्यार्थीका तर्फबाट उषा पोखरेल, प्रतिज्ञा तिवारी र दीक्षा तिमल्सिनाले आ आफ्ना प्रस्तुती प्रस्तुत गरेका थिए कार्यक्रममा उत्कृष्ट छात्रछात्रालाई विभिन्न छात्रबृत्ति वितरण गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि ठाकुरप्रसाद खनालले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत