राजनीति

रुपा गाउँपालिकामा नेपाली कांग्रेसको विरोध सभा

पोखरा । नेपाली कांंग्रेस रुपा गाउँपालिका कार्यसमिति क्षेत्र नं १ कास्कीले शनिवार मोटर साइकल  र्याली एवं विरोध सभा सम्पन्न गरेको छ ।

विरोध सभालाई संवोधन गर्दैै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद बद्री पाण्डेले  संसद विघटन, सर्व सत्तावाद र भ्रष्टाचार विरुद्ध लोकतान्त्रिक संविधानको रक्षाका लागि हरेक क्षेत्रवाट असंवैधानिक कदम विरुद्धको लडाइमा उत्रन आग्रह गरे ।

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद जीवन परियारले सर्वसत्तावाद भ्रष्टाचार सबैतिर भएको तथा दमन र विभेदकारी व्यवहार रहेको उल्लेख गर्दै आगामी दिनमा कांगे्रसीजन अझै चनाखो हुन पर्ने कुरामा जोड दिए ।

नेपाली कांग्रेस रुपा गाउँपालिकाका सभापति तुलबहादुर गुरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सचिव सुदिपमोहन भटट्राई, नेपाली कांग्रेस नेतृ कोपीला रानाभाट,  नेपाली कांग्रेका नेता प्रकाश खनाल, नेता बाबुराम ओझा, खलिल मियाँ, कुमार सुनार, विकास गुरुङ्,  अप्सरा श्रेष्ठ रुपा गाउँ पालिका टेड यूनियनका ढकबहादुर थापा, नेपाली कांग्रेसका नेता दिपक कुमार आले, रुपा गाउँ पालिका वडा नं. ७ का वडा अध्यक्ष दयासागर सुवेदी, रुपा गाउँ पालिकाकी नेतृ गिमाया गुरुङ् लगायतले लोकतन्त्रको रक्षा गर्न  आ– आफ्नो क्षेत्रवाट लाग्न आग्रह गरेका थिए ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुणदल, महिला संघ एवं विभिन्न भातृ संस्थाले विहान १० बजे खोलाको छेउवाट मोटरसाइकल र्याली सहित रुपा गाउँ पालिकाको भिरचोकमा गई विरोध सभा सम्पन्न गरेको थियो ।  नेपाली कांग्रेस कास्कीका क्षेत्रीय उप सभापति विमल न्यौपानेले कार्यक्रमको संचालन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत