वातावरण

चिसाेसँगै बाक्लाे हुस्सुपनि छ; याेजना बनाउनु अघि माैसम थाहा पाउनुहाेस्, तीन दिन यस्ताे छ

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । देशका पूर्वी र मध्य तराईका अधिकांश भू-भागमा तथा पश्चिमी तराईका केही भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ ३ गते (शनिबार)

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका  एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

माघ ४ गते (आइतबार)

दिउसो :  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

माघ ५ गते (सोमबार)

दिउसो :  देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का  पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले भनेकाे छ-  देशको विभिन्न भू-भागमा  तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत