राजनीति

‘दौडी दौडी गएर भोट मागियो, जितेपछि मन्त्री बनाएँ पुक्क लात्ताले हानेर भाग्यो’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले भाेट मागि जितेपछि मन्त्री बनाउँदा उल्टै ‘लात्ति’ हानेको गएकाे बताएका छन् ।

प्रधानमन्त्री ओलीले उक्त कटाक्ष नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईप्रति गरेका हुन् । 

उनले योगेश भट्टराईकाे नाम नलिई केटाकेटीलाई मन्त्री बनाउँदा ‘लात्ताले हानेर’ भागेको बताए । 

प्रदेश नम्बर १ को सम्पर्क कमिटीको भेलामा उनले भने, ‘बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहान्न । हाम्रै प्रदेशमा पनि त्यस्तो देखिएको छ । दौडी दौडी गएर भोट मागियो, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाइदिन्छु भनियो, मन्त्री पनि बनाइयो । पुक्क लात्ताले हानेर भाग्यो, को भनेर हेरेको त उही केटो रैछ ।’

 

गाउँ सहर संवाददाता

तपाईँको मत